दमक/ दमकका महिला स्वास्थ्य स्वयंसेविकाहरुकालागि ४ दिने पुनर्ताजकी तालिम आजबाट शुरु भएको छ । दमक नगरपालिकाको सभाहलमा शुरु भएको सो तालिममा जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालाय प्रमुख शशिकुमार भट्टराईले सहजीकरण गरिरहनु भएको छ ।
दमक नगर स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महिला स्वयंसेविका दमक नगर समिति सचिव रमा श्रेष्ठले आफूहरुले आधारभूत तहमा रहेर स्वास्थ्य सेवा प्रदान गरेपनि उचित मूल्यांकन नभएको गुनासो गर्नभयो । सरकारले ल्याएका स्वास्थ्य सम्बन्धिका कार्यक्रमहरु महिला स्वास्थ्य स्वयंसेविकाका कारण सफल हुने भएपनि आफूहरुभने सँधै मारमा पर्ने गरेको उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले महिला स्वयंसेविकाको कामको उचित मुल्यांकन गरिने बताउनु भयो । विगत वर्षमा ६० वर्ष पुगेर कामबाट अवकास लिने महिला स्वयंसेविकालाई नगरपालिकाको तर्फबाट एकमुष्ठ ६० हजार रुपैयाँ दिँदै आएकोमा आगामी आर्थिक वर्षबाट ८० हजार रुपैयाँ पु¥याउने उहाँले घोषणा गर्नुभयो ।
उक्त तालिम कार्यक्रम आगामी २३ गतेसम्म सञ्चालन हुने नगर स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभयो ।