दमक/ झापाका विभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न ८ जनालाई चोरी भएका १२ थान मोटरसाईकलसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका–५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल , बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी , १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
पक्राउ परेको सो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा – १० को अर्काे मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेका उनीहरुमाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
