गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउपालिका वडा नं १ का नवनिर्वाचित जनप्रतिनिधिहरुले आज(मंगलबार)देखि कार्यभार सम्हालेका छन ।
३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा दोश्रो कार्यकालका लागि निर्वाचित कार्तिकलाल राजवंशी र वडा सदस्य राजभक्त सुनुवारसहित वडाका पाचै जना जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन ।
वडा सदस्यहरुमा सुनुवारसहित कृष्ण महतो, रेखा राजवंशी र दुर्गा परियार निर्वाचित भएका थिए । सो वडाको पुन मतगणनाका कारण मत परिणाम बाहिर आउन ढिलाई भएको थियो । पदभार ग्रहणपछि वडाध्यक्ष राजवंशीले वडाको समग्र बिकास र समस्याहरुको निराकरणका लागि आफू निरन्तर दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन । तत्कालिन महाभारा गाविसको पुरै भुभागलाई स्थानीय तह पुनसंरचनापछि गौरीगञ्ज गाउपालिकाको वडा नं १ का रुपमा कायम गरिएको छ ।

Facebook Comments Box