दमक/ कमल ५ लखनपुरस्थित मंगलमय माबिले बिद्यालयका पुर्व बिध्यार्थी तथा ब्यवस्थापन समितिका पुर्व अध्यक्ष हुकुमसिंह राई सहित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।
सोमबार बिद्यालयले औपचारिक कार्यक्रम गरि गाउँपालिका अध्यक्षमा निर्वाचित राईसहित वडाध्यक्ष्य लाल बहादुर बिष्ट र वडा सदस्यहरुलाई सम्मानसहित बधाई शुभकामना ब्यक्त गरेको हो ।
बिद्यालयकी पूर्व अध्यक्ष समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई समेत बधाई शुभकामना ज्ञापन गर्ने कार्यक्रम आयोजकले सार्वजनिक गरेको भएपनि उनी कार्यक्रममा उपस्थित भइनन ।
सो अवसरमा अध्यक्ष राईले शिक्षा , स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाले आगामी कार्यक्रमहरु ल्याउने बताए । उनले आफनो प्रारम्भिक शिक्षानै सोही बिध्यालयबाट हासिल गरेको स्मरण गरे । उनले कमल गाउँपालिका अन्तर्गतका सबै सामुदायिक बिध्यालयहरुको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन आवश्यक योजना पेश गर्न बिद्यालयहरुलाई आग्रह गरे ।
उनले निर्वाचन एउटा प्रकया भएकाले आफूहरु दलगत रुपमा उम्मेदवार भई निर्वाचित भएर आइसकेपछि अब साझा अभिभावक भएका कारण दलीय दृष्टिकोणबाट नहेर्न र बधाई दिने औपचारिक कार्यक्रममा आफूलाई व्यस्त नबनाइदिन पनि आग्रह गरे । उनले भने– बधाई शुभकामनाका कार्यक्रमहरु धेरैनै आयोजना भएका छन सकेसम्म पुगेकै छु । मेरा लागि मंगलमयको कार्यक्रमले अझ विशेष महत्व राखेको छ तर अब समय एकदमै कम छ हामी कुरामा भन्दा बढी काममा लाग्नुपर्ने समय छ त्यसकारण औपचारिकताका कार्यक्रमहरुलाई अब कम गरौं ।
बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाको अध्यक्ष तामा भएको कार्यक्रममा स्थानीय सामाजिक ब्यक्तित्व दिलिप राई , गाउँपालिकाका शिक्षा प्रमुख सुर्य न्यौपाने , वडाध्यक्ष्य बिस्ट लगायतले बोलेका थिए । प्रधानाध्यापक मोहन बगालेले स्वागत गर्दै औचित्यमाथी प्रस्ट्याएका थिए ।


