इलाम । मेची राजमार्ग खण्डको इलामको मिल गोलाइमा बोलेरो९ट्याक्सी० गाडी अनियन्त्रित भएर पल्टिदा चार जना घाइते भएका छन् ।
ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९९८ नं।बोलेरो आफै अन्यत्रित भई सडक बाट दाया साइटमा पल्टेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा दाङ घोराई नगरपालिका १३ बस्ने बर्ष ३६ को डम्वरबहादुर घर्ती,ताप्लेजुङ श्रीजङगा गाउँपालिका ८ बस्ने बर्ष २२ का उमेश राई, पाँचथर तुम्बेवा गाउँपालिका ५ बस्ने बर्ष १९ को सुषम राई सामान्य घाइते भएका छन् ।