दमक/ नेपाल बिद्यार्थी संघ दमक नगर समितिले आइतबार साँझ गणतन्त्र दिवसको अवसर पारेर दमकमा दिप प्रज्वलन गरेको छ ।

दमकको गाणतन्त्र चोकमा संघको अगुवाईमा भेला भएका सर्वसाधारण युवा बिद्यार्थी एवं नेपाली कांग्रेसका नेता, कार्यकर्ता , समर्थक शुभेच्छुकहरु सामुहिक दिपप्रज्वलनमा सहभागी भएका थिए । संघका दमक नगर सभापति बिशाल अधिकारीको सभापतित्वमा सो अवसरमा आयोजित सो कार्यक्रममा कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य समेत रहेकी दमक नगर उपप्रमुख रेगिना भट्टराई, प्रदेश समिति सदस्यहरु भुमिराज राई, चन्द्रा खडका, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र खका सभापति रवि केसी, नगर सभापति प्रकाश प्रसाइँ , नेविसंघ जिल्ला उपसभापति सहदेव भट्टराई, जिल्ला सदस्य नवराज न्यौपाने लगायत विभिन्न तहका नेता कार्यकर्ताहरु सहभागी थिए ।

नेविसंघ झापाका पूर्व सभापति रोशन विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघ झापाका नेता नवराज ढकालले गरेका थिए । सो अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक हकहरुको कार्यान्वयननै गणतन्त्रको उपलब्धी भएको बताइएको थियो ।

