दमक/ मोरङको कटहरी गाउँपालिका वडा नं.–१ मा एक जनाको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन ।
कटहरी गाउँपालिका वडा नं. २ का ५० बर्षिय तुलसी श्रेष्ठलाई शनिबार बाँस र ढुंगाले हिर्काएर हत्या गरेको आरोपमा कटहरीका १ का ३३ बर्षिय रविन भुजेल , कटहरी गाउँपालिका वडा नं.–१ का २९ बर्षिय कपिल माझी र कटहरी ३ का २८ बर्षिय नितेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलाई सार्वजनिक गर्दै घटनाका बिषयमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।
