मोरङ / बेलबारी नगरपालिका–१० स्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा द’ई जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ७ बजे पुर्व तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्वरको बस, सडकमा रोकेर राखेको को.२त ८५५९ नम्वरको ट्रयाक्टरमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१० प ३५९९ नम्वरको मोटरसाईकल ठोक्किदा घाईते भएका सुन्दरहरैचा नगरपालिका– ११ मोरङका २३ बर्षीय अनिल चौधरी र २४ बर्षीय राजेश धिमालको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।