सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लगेर १ जनाको मृत्यु भएको छ । शुक्रबार साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments Box