शिबसताक्षी/ झापाको शिबसताक्षीमा आज नेकपा (माओवादी केन्द) को आयोजना र रेड्क्रस दमक को प्राबिधिक सहयोग मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
झापा मा रक्त अभाव भएको खबर आएको ले रक्तदान कार्यक्रम को आयोजना गर्नु परेका माओवादी केन्द्र का अध्यक्ष तथा नबनिर्बाचित २ नम्बर वाड अध्यक्ष भिम नेम्वाङ ले बताए । निर्वाचनको कारण थकित भएपनि रक्त अभावको खबर थाहा भएपछि कार्यक्रमको आयोजना गरेको नगर पार्टी अध्यक्ष महेन्द्र भट्टराई ले बताए ।
कार्यक्रममा नगर अध्यक्ष भट्टराई , उपाध्यक्ष प्रेम याम्फु राई ycl प्रदेश सदस्य भुवन राई नगर का प्रसासकिय प्रमुख प्रकाश चौधरी ,दिपेस राइ प्रेस क्लब शिवसताक्षी अध्यक्ष सेलिङ केसि लगायतको उपस्थित थियो ।उक्त कार्यक्रमको अध्यक्षता भिम नेम्वाङ ले गरेका थिए । कार्यक्रम मा ५ महिला शहित ७५ पृन्ट रगत संकलन भएको माओवादी केन्द्र का नगर अध्यक्ष भट्टराई ले बताए ।