दमक/ झापाको बिर्तामोड ५ का ३८ बर्षिय डाल कुमार राईको घरबाट जुवातास खेल्ने खेलाउने धन्दामा संलग्न राईसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कोठामा जुवा जन्य खेल भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरधनी राईसहित सोही ठाउँका ४२ बर्षिय ससुहाङ चेम्जोङ , ३६ बर्षिय सञ्जिब घतानी , मेचीनगर २ का ४८ बर्षिय भूपू राई र इलाम सूर्योदय नगरपालिका वडा नं १० का दिलकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
मंगलबार साँझ पक्राउ परेका उनीहरुको खेलस्थलमा फेला परेको नगद १ लाख ७४ हजार ७ सय ३५ रुपैयाँ, कौडा र तीन बुङ तास समेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।