दमक/ ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको मेयर पदका ११ जना उम्मेदवारले एक सय भन्दा थोरै मत प्राप्त गरेका छन । एक सय मत कटाउने तर तेस्रो/ चौथो स्थान ओगटने २ जना उम्मेदवार छन ।
मेयरमा निर्वाचित राप्रपाका रामकुमार थापाले १७ हजार ५ सय २५ मत ल्याउदा उपविजेता एमालेकी गीता अधिकारीले १६ हजार ९ सय ६६ मत ल्याइन भने तेस्रो स्थानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार याम बहादुर लिम्बुले ३ सय ९९ मत पाएका छन ।
नेपाली जनता दलका राम प्रसाद तिम्सिनाले ११० मत ल्याउदा जनता समाजवादी पार्टीका पवन विष्टले १०५ मतमा चित्त बुझाउनु परेको छ ।
मेयरमा प्राय सधैंका निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने गरेका विरसिंह धिमालले यसपटकको चुनावमा पनि ९९ सय मत मात्रै पाएका छन । मंगोल नेशनल अर्गनाइजेशनका दिपेश कुमार राईले ९२ , उन्नत लोकतान्त्रिक पार्टीका दिपेन्द्र पौडेलले ४९ , विवेकशील साझा पार्टीका रेवतचन्द्र भण्डारीले ३५ , स्वतन्त्र उम्मेदवार कमल पराजुलीले ३३ , मौलिक जरोकिलो पार्टीका राजकुमार दाहालले २५, किरात खम्बुवान पार्टीका देउकुमार राईले ९, लोकतान्त्रिक समाजवादीका कृष्ण रायले ६, स्वतन्त्र उम्मेदवारहरु नेत्रजंग थापाले ६, निलकण्ठ सापकोटाले ५ र कृष्ण खनालले ३ मत पाएका छन । तीन मत मात्रै ल्याउने खनालको चुनाव चिन्ह लौरो रहेको थियो ।

Facebook Comments Box