दमक/ गौरिगन्ज गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा नेपाली कांग्रेसका कार्तिकलाल राजवंशी निर्वाचित भएका छन । उनी २०७४ को स्थानीय चुनावमा पहिलो पटक वडाध्यक्ष निर्वाचित भएका थिए । कांग्रेस झापा क्षेत्र नं ४ बाट महाधिवेशन प्रतिनिधि रहेका राजवंशी सो पार्टीका तर्फबाट दोश्रो कार्यकालका लागि वडाध्यक्ष पदमा उम्मेदवार थिए ।  उनले १ हजार १ सय ८८ मत प्राप्त गरेर दोश्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पर्शुराम काफ्लेले १ हजार १ सय ८० मत प्राप्त गरेका छन् ।

यसअघि अवरुद्ध भएको सो वडाको वडाध्यक्ष पदको सोमबार राती पुन मतगणना हुदा राजवंशीले काफलेलाई ८ मतको झिनो मतान्तरले पराजित गरेका हुन ।

राजवंशीसहित सो वडामा दुई जना जनप्रतिनिधी दोहोरिएका छन । वडा सदस्यमा एमालेका राजभक्त सुनुवार पनि दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । त्यसैगरी वडामा निर्वाचित हुने नयाँ जनप्रतिनिधिहरुमा खुल्ला पुरुष सदस्य कृष्ण महतो, महिला सदस्य रेखा राजवंशी र दलित महिला सदस्यमा दुर्गा परियार रहेका छन ।

Facebook Comments Box