दमक/ नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको गौरादह नगरमा अघिल्लो निर्वाचनमा गुमेको साख यसपटक फर्किँदैछ । अघिल्लो निर्वाचनमा गुमेको एमालेको बिरासतलाई फर्काउने प्रमुख पात्र हुन छत्रपति सुवेदी ।


नगर प्रमुखमा सुवेदी र उपप्रमुखमा एमालेकै जलबर्षा राजवंशी कांग्रेस –माओवादी गठबन्धनका उम्मेदवारलाई हराउदैैं विजयीको नजिक पुगेका हुन ।
ओलीको क्षेत्रमा क्लिन स्विप गर्ने कांग्रेस माओवादीको रणनीति फेल खाएको छ । क्षेत्र नं ५ का अन्य तीन वटै पालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भए तर अघिल्लो पटक कांग्रेसले एक्लै नगर प्रमुख जितेको गौरादह नगरमा भने बहालवाला नगर प्रमुख रोहितकुमार साहलाई सुवेदीले पराजित गर्ने सुनिश्चित देखिन्छ ।

तत्कालिन गौरादह , महारानीझोडा , जुरोपानी , कोहोबरा र बैगुन्धुरा गाविसको समायोजनबाट बनेको गौरादह नगरपालिका तत्कालिन अवस्थामा एमालेको राम्रो प्रभाव भएको पालिकाका रुपमा हेरिएको थियो ।
यो भुगोलसहितको तत्कालिन झापा क्षेत्र नं ६ बाट दुई पटकसम्म एमालेका दिपक कार्की संविधान सभा सदस्यमा निर्वाचित भएका थिए भने यही पालिका समेतको आशिंक भुगोल समेटने प्रदेश सभा निर्वाचन क्षेत्र ५ ९क० बाट प्रदेश सभामा एमालेकै युवा नेता तथा पूर्व मन्त्री हिक्मत कार्की निर्वाचित भएका थिए ।
यसकारण पनि गौरादहको यो भुगोललाई एमालेको पकड क्षेत्रका रुपमा लिने गरिन्छ ।  सुवेदी भन्छन – मतदाता कसैको पेवा होइनन, गुमेको साख फर्काउनेछौं ।
को हुन सुवेदी ?
तत्कालिन कोहोबरा गाविस हालको गौरादह नगरपालिका वडा नं ८ का निर्वाचित वडाध्यक्ष छत्रपति सुवेदीको राजनीतिक यात्रा भने निक्कै अघि पुख्र्यौली थलो ताप्लेजुङबाट भएको हो । २०१३ सालमा जन्मिएका सुवेदीले २०३९ देखि २०४३ साल सम्म ताप्लेजुङ जिल्ला पञ्चायत सदस्यका रुपमा रहेर काम गरिसकेका छन । उनले राजनीतिक परिवर्तनसंगै २०४७ सालमा नेकपा एमालेतर्फ राजनीतिक यात्रा अघि बढाएका हुन । उनी गौरादह ५ का तत्कालिन वडाध्यक्ष पनि हुन । एमालेको गाउ, इलाका कमिटीमा रहेर पनि सांगठनिक सक्रियता देखाइसकेका छन ।
उनले लामो समय सम्म कोहोबराको भद्रकाली माविको व्यवस्थापन समिति अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका छन ।

Facebook Comments Box