गौरीगञ्ज/ झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेस नेतृ फुलवती राजवंशी निर्वाचित भएकी छिन । उपाध्यक्षमा नेकपा एमालेकी उदियमान नेतृ पुजन न्यौपाने कुँवर निर्वाचित भइन । अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा पुरुषले प्रतिनिधित्व गरेको सो गाउँपालिकाको आगामी पाँच बर्षे नेतृत्वको जिम्मेवारी महिलाले पाएका हुन ।
अध्यक्षमा निर्वाचित राजवंशीले ५६८९ मत ल्याएकी छिन । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय अग्रवालले ३ हजार ३ सय ३० मत प्राप्त गरेका निर्वाचन आयोगको कार्यालयले जनाएको छ । उपाध्यक्षमा निर्वाचित न्यौपानेले ४ हजार ७ सय ५५ मत ल्याएर विजयी भएकी हुन । पालिका अध्यक्षमा निवर्तमान अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठ , माओवादीकी मेनुका राजवंशी , गौरीगञ्ज गाविसका पुर्व अध्यक्ष तथा जनता समाजवादी पार्टीका घनश्याम रिजालसहित प्रतिस्पर्धामा थिए ।