दमक/ झापाको कमल ५ मा आज ( बिहिबार) नेपाली कांग्रेस नेतृत्वको संयुक्त गठबन्धनका उम्मेदवारहरुको घरदैलोसहित कोण सभा सम्पन्न भएको छ । मंगलबारेबाट शुरु भएको घरदैलोका क्रममा उम्मेदवारहरुले सांकेतिक रुपमा संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई मत मागेका थिए ।

गाउपालिका अध्यक्षका प्रत्यासी हुकुमसिंह राई , उपाध्यक्षका प्रत्यासी पर्शुराम सुवेदी , वडाध्यक्षका प्रत्यासी लाल बहादुर (एलबी) विष्ट नेतृत्वको सो समुहले वडा नं ५ को बसन्त चोक र सिम्लेमा कोण सभा गरेको थियो । कोणसभालाई अध्यक्षका प्रत्यासी राईले सम्बोधन गर्दै विगतमा स्थानीय सरकारले संविधानमा उल्लेखित नागरिकहरुको जिउन पाउने अधिकारलाई कुण्ठित पारेको बताए । उनले भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई ३० औं बर्षदेखि झुक्याउने परम्पराको संयुक्त गठबन्धन नेतृत्वको अब बन्ने स्थानीय सरकारले अन्त्य गर्ने उदघोष गरे । सो क्षेत्रमा कमलको उत्तरी भुभागका बासिन्दाले भोग्दै आएको जंगली हात्तीको समस्या निराकरण गर्न राष्ट्रिय अन्तराष्ट्रिय प्रयत्नको खाचो महसुस गरिएको पनि बताए ।

 

Facebook Comments Box