पुष्प ढकाल झापाको गौरादह नगरपालिकामा नेपाली कांग्रेस– माओवादी केन्द्र संयुक्त गठबन्धनका उम्मेदवार हुन । नेकपा माओवादी केन्द्रको राजनीतिमा सो क्षेत्रका एक सशक्त र प्रभावशाली नेतृत्व गर्ने क्षमता राख्ने नेताको रुपमा पनि चिनिन्छन ढकाल । उनी २०७४ को निर्वाचनमा नगर प्रमुखको उम्मेदवार थिए भने यसपटक गठबन्धनका कारण उनी उपप्रमुख पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन । गौरादह बहुमुखी क्याम्पसमा पुर्व व्यवस्थापन समिति सदस्य जिल्ला खेलकुद विकास समिति पुर्व सदस्य, गौरादह पोखरी संरक्षण समिति उपाध्यक्ष सहित दर्जनौ संघ संस्थामा सक्रिय नेता ढकालसंग स्थानीय तह निर्वाचन केन्द्रित कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको निष्कर्ष –
१. गौरादह नगरको उपप्रमुख पदमा उम्मेदवार हुनुहुन्छ, व्यस्तता कस्तो छ ?

अहिले हामी निर्वाचनको संघारमा छौं । हाम्रो व्यवस्तता अहिले स्वभाविक हो । अहिले म लगायत हाम्रो गठबन्धनका उम्मेदवारहरु, आवद्ध दलका नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगिरहेका छौं । आगामी दिनमा नगरपालिकाले गर्नुपर्ने यहाका जनसरोकारका कामहरुका बारेमा सल्लाह सुझाब लिने काम गरिरहेका छौ । समग्रमा भन्दा हामी गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकबाट तय भएका चुनाब प्रचार प्रसार सम्बन्धिका कृयाकलापहरुमा हामी व्यस्त छौं ।

२ .मतदाताको अपेक्षा चाहिं के रहेछ ?

अहिले आधुनिक युग, परिवेशका मतदाताहरु हुनुहुन्छ धेरै जसो त हाम्रा चुनावी एजेण्डाहरुबारेमा विभिन्न सञ्चारमाध्यमहरु मार्फत जानकारी लिइसक्नु भएका र कतिपय थप बुझन जान्न चाहने उत्सुकता बोकेर पनि बस्नु भएको रहेछ । विगतमा पालिकाबाट भए गरेका कामहरुका बारेमा पनि जानकार मतदाताहरु हुनुहुदो रहेछ । जनप्रतिनिधिलाई उहाहरु सधैं जनसेवकका रुपमा हेर्न चाहनु हुन्छ । हरेक सरकारी अडडाका कामहरुमा जनप्रतिनिधिहरुले सहजीकरण गरिदिउन , सहज रुपमा भेटन सकियोस र आफना कुराहरु राख्न पाइयोस भन्ने उहाहरुको चाहना रहेको पाइयो । बिकासका कुराहरुमा पनि मतदाताले आफनो आफनो कुराहरु राखि रहनु भएको छ । बिकासको काममा गुणस्तरको सवालहरु गरिरहनु भएको छ ।

३.तपाइले चाहिं चुनाव जित्ने आधार के देख्नु भएको छ ?

पहिलो कुरा त म विगत लामो समय देखि यस क्षेत्रका जनताको सेवक भएर काम गरिरहेको छु । जनताको काम र समग्र नगरको विकासका काममा मैंले निर्वाह गरिरहेको भुमिकाका बारेमा सबै नगरबासीहरु जानकार नै हुनुहुन्छ ।
म नेतृत्वमा नरहेपनि नगरवासीहरुको इच्छा र चाहना अनुसारको काम गरेको छु । सुख दुखमा साथ दिएको छु । म जनताको मालिक भएर होइन सेवक भएर काम गर्ने प्रतिवद्घतासहित आफनो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर राजनीतिक, सामाजिक क्षेत्रमा काम गरिरहेको छु । हाम्रो भिजन र एजेन्डा आम नगरबासीहरुले मन पराउनु भएको छ र हामी बोलीमा भन्दा काममा विश्वास गर्छौ भन्ने पनि बुझनु भएको छ । हामी गठबन्धनमा आवद्ध दलहरु अघिल्लो निर्वाचनमा प्राप्त मत परिणामलाई समेत हेर्दा सुनिश्चित जित हुने अवस्थामा छौं । तर पनि अन्तिम निर्णय जनताको हातमा छ ।

Facebook Comments Box