मोरङ/ बिराटनगर महानगरपालिका–६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर–८ का २२ बर्षीय मोहमद जुमन, बिराटनगर–११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर–१२ का २२ बर्षीय पवन रविदास रहेका छन ।
प्रहरीका अनुसार हिजो बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ ओटा ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनीहरुले चोरी गरेको खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
