धादिङ/ धादिङमा कार दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ। थाक्रे गाउँपालिका–७ जुँगेखोलामा बस र कार आपसमा ठोक्किँदा कारमा सवार ४ भारतीय सहित कार चालकको मृत्यु भएको हो। काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा भारत उत्तरप्रदेशका विमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन्। उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ वर्षका छन्। विमलचन्द्रको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने साधना, सन्ध्या र राकेशको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका फोकल पर्सन (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए। –थाह खबरबाट