ट्रयाक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Nishkarsha News
२०७९ बैशाख १०, शनिबार ११:१७

मोरङ/ मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा शुक्रबार बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका रतुवामाई नगरपालिका २ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको मृत्यु भएको हो

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मंगलबारे स्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्