झापा/ झापाको बाह्रदशी-३ चारपाने राजगढ सडकखण्डमा मोटरसाईकल दुर्घटनामा एक जना जनाको मृत्यु भएको छ । हिजो राति साँढे ११ बजे प्रदेश२-0३-१९ प १८६४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किई दुर्घटना हुदा घाईते भएका मोटरसाईकल चालक बाह्रदशी-२ का १९ बर्षीय दिपेश बिष्टको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।