दमक/ नेपाली कांग्रेस झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले पार्टी विधान बमोजिम ७ जनालाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेका छन ।
सभापति भण्डारीले नेपाली कांग्रेसको विधान २०१७ को संशोधन ५१ को (२) ले दिएको अधिकारको सदुपयोग गर्दै ७ जना प्रतिनिधि मनोनित गरेका हुन । सभापति भण्डारीद्धारा क्षेत्रीय प्रतिनिधि मनोनित हुनेहरुमा दमक ५ का नवराज ढकाल, दमक १ की शान्ता खडका, कमल ७ का खेम बाँस्कोटा, दमक ८ का हरि बिमली, दमक ३ का नारायण प्रसाद बराल , कमल ६ का नारायण भट्टराई र दमक ६ का दयासागर आचार्य रहेका छन ।
मनोनित गरिएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली पार्टीको जिल्ला समिति झापालाई पठाउँदै सो बारे प्रदेश समिति प्रदेश नं १ र केन्द्रीय समितिलाई समेत बोधार्थ पठाइएको छ ।

Facebook Comments Box