मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टको ठक्करबाट एक जना बृद्धको ज्यान गएको छ । हिजो बिहान साढे ७ बजे प्रदेश १–०२–००३ त ८२० नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा लेटाङ–५ का ८१ बर्षीय मान बहादुर राईको मृत्यु भएको हो । ठक्करबाट घाईते राईको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक मिक्लाजुङ–५ मोरङका महेश कार्कीलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
तमोरले बगाएर मृत्यु
त्यसैगरी पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाट स्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बेलका नगरपालिका–६ उदयपुरका ३० बर्षीय हरी राई मृत अवस्थामा फेला परेका छन ।
बैशाख २ गते दिउँसो साथीहरुसंग रवरको ट्युवमा पौडी खेल्ने क्रममा तमोर नदीमा डुबेर बेपत्ता भएका राईको शव हिजो बेलुका ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदीको किनारमा फेला परेको हो । मृतक राई स्वच्छन्द निर्णण सेवा प्रा.लि.ले निर्माण गर्दै गरेको कुम्मायक–५ लुम्वुघाट स्थित तमोर नदीमा पाँचथर–तेह्थुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन ।

Facebook Comments Box