पाँचथर/ पाँचथरको फिदिममा माटोको ढिस्कोले पुरिएर आज (सोमबार) एक जनाको ज्यान गएको छ ।
फिदिम नगरपालिका–१ बुद्धचोकमा स्थानीय मनदन मन्धाकको घरमा ढिस्कोले पुरिएर पन्धाकको घरको जग हाल्ने क्रममा ६९ वर्षीय गोपाल ढुङ्गानाको ज्यान गएको हो । ढुङ्गानालाई पाँचथर अस्पतालमा मृत घोषणा गरिएको जनाइएको छ ।
माटो ढिस्कोले पुरिएर मदन सुब्बाकी ११ वर्षीया छोरी क्याट्रिना सुब्बा घाइते भएकी छिन् । बालिकाको फिदिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।