मोरङ/ मोरङको धनपालथान गाउँपालिका–३ डकुवाडाँडा स्थित एबीसि ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
हिजो दिउँसो साढे २ बजे ईटाभट्टाका कामदार भारत वेष्ट बंगालका लालतन आलमको २ बर्षीय छोरा अरमान मिँया खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा डुबेका थिए । अचेत अवस्थामा उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल बिराटनगर ल्याएकोमा चिकित्सकहरुले तत्कालै मृत घोषणा गरेका हुन । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box