दमक /
बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा आइतबार एक कर्मचारीको मृत्यु भएको छ, भने एक कर्मचारी गम्भीर घाइते भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर पाडाजुंगी सब स्टेसनमा कार्यरत मुगु जिल्ला घर भएका ५५ वर्षीय प्रेमबहादुर खतिवडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कर्मचारी खतिवडाको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै बिजुलीको तार मर्मतको क्रममा अर्को कर्मचारी हिक्मत कार्की गम्भीर घाइते भएका छन् । झापामा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलगुढी पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । यता प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ स्थित पाडाजुंगीको नयाँ काबेली कोरिडोर सब स्टेसनमा बिजुलीको तार सर्ट भई शनिवार बेलुका ८ बजेदेखि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको थियो ।
विद्युत् सेवा अवरुद्ध भए लगतै कर्मचारीद्धयले बिजुली बनाउन काम गर्न सुरु गरेका थिए । सोही क्रममा उनीहरूलाई करेन्ट लागेको बताइएको छ