झापा/ झापाको हल्दिबारी गाउँपालिका–२ पशुपति चोक मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिद्युतको तारमा छुँदा करेन्ट लागेर टिफर चालक हल्दिबारी–५ का ४८ बर्षीय बिक्रम तामाङको मृत्यु भएको हो । करेन्ट लागेर घाईते भएका तामाङको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।