भोजपुर/ मोरङको केराबारी ७ बाट मावली घर भोजपुरको पौवादुङमा गाँउपालिका–२ मा गएका दुई बर्षिय एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
आज सोमबार दिउँसो साढे ११ बजे मावली घर पौवादुङमा बस्दै आएका केराबारी गाउँपालिका–७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगरको मृत्यु भएको हो । खेल्ने क्रममा खाल्डोको पानीमा डुबेका उनलाई अचेत अवस्थामा आफन्तले उद्धार गरी स्वास्थ्य चौकी पु¥याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन । सो बारे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box