दमक/झापाको शिवसताक्षीमा नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघले वडा तह सम्म संगठन विस्तार गरेको छ । आइतबार सम्पन्न महासंघको शिवसताक्षी ४ को प्रथम अधिवेशनले बद्री डाँगीको अध्यक्षतामा वडा कमिटी चयन गरेको छ ।
महासंघका केन्द्रिय सदस्य सुरज रिङगालुङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट निर्वाचित वडा कमिटीको उपाध्यक्षमा नविन तामाङ, सचिवमा केदार गिरी, सहसचिवमा नगेन्द्र गिरी र सुरेश राजवंशी तथा कोषाध्यक्षमा हिराकुमारी महतो चयन भएका छन ।
अधिवेशनमा नेकपा एमालेका जिल्ला सदस्य राजेन्द्र श्रेष्ट , नगर उपसचिव भिम लिवाङ पार्टीका वडा कमिटी इञ्चार्ज विष्णु प्रसाई , वडा कमिटी अध्यक्ष अध्यक्ष दिनेस तमाङ लगायतको आतिथ्य रहेको थियो । महासंघ केन्द्रीय सदस्य रिङगालुङले यस अघि समेत विभिन्न वडामा महासंघको वडा कमिटी गठन गरिएको र यो क्रमलाई तिब्रता दिइएको बताए ।
