दमक/ झापाको गौरादह ९ बैगुनधुरास्थित भित्री सडकमा आज (शनिबार) साँझ भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । गौरादह ९का ४० बर्षिय राम हेमरमको घटनास्थलमै मृत्युु भएको हो । सडकमा रोकि राखिएको पानीको ट्यांकरमा उनले चलाएको मे २ प ३९१२ नम्बरको मोटरसाइकल ठोक्किदा सो दुर्घटना भएको हो । सडकमा अवेबस्थित ढंगले रोकेर राखेको को१क २४७९ नम्बरको ट्यांकरमा सो मोटरसाइकल ठोक्किएको थियो । (एफएम प्लसबाट)