दमक/ गत चैत्र १४ गते राती इटहरी उपमहानगरपालिका–२ का अमिर श्रेष्ठको घरमा डेरा बस्दै सोही घरमा बम बिष्फोट गराउने मुख्य योजनाकार झापाका खगेन्द्र खरेलसहित चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सो घटनामा झापा कन्काई ८ का खरेललाई १७ चैतमा काँकरभिट्टाबाट , सोही घरमा डेरा बस्ने लक्ष्मी देवी थापालाई इटहरीबाट र अन्य दुई जनालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु चार जनालाई प्रहरीले आवश्यक अनुसन्धान गरेर मात्रै शनिबार सार्वजानिक गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्षीया लक्ष्मीदेवी थापा, उनका छोरा १८ बर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ समेत छन ।
उनीहरुले चैत्र १४ गते राती १० बजे बम बिष्फोट गराएका थिए । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको लागि अस्पतालमा राखेर अनुसन्धान सुरु गर्दा सो घटनाका संलग्नहरु पक्राउ परेका हुन । १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर , संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त प्रहरी टोलीले बिष्फोट पश्चात फरार रहेका आशा ठकुरी भन्ने लक्ष्मीदेवी थापा (ठकुरी)लाई इटहरी–२ बाट पक्राउ गरेको हो ।
प्रहरीले घटना स्थलबाट क्षति भएका समानहरुको अवशेष र पक्राउ परेका ब्यक्तिहरुबाट ऋँल् लेखिएको सानो, ठुलो पर्चा १०३ थान, सदस्यता कार्डको अर्ध कट्टी २८ थान, हिमाल सुरक्षा परिषद नेपालको पर्चा १ थान, हिमाल सुरक्षा परिषदको बिभिन्न कमिटिको छाप ४ थान, लेटर प्याड पाना ७, रकम पठाएको र जम्मा गरेको रसिद ४ थान, बिभिन्न बैङ्कको चेकबुक ३ थान, मोवायल ५ थान समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालत सुनसरीबाट बम बिष्फोटन र संगठित अपराध मुद्दा शिर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उदृत गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Facebook Comments Box