दमक/ पहिलो पाइला दमक शाखाको नेतृत्व सुरेश बरालले सम्हालेका छन । शाखाको शुक्रबार सम्पन्न दोश्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
शाखाको प्रथम उपाध्यक्षमा निशा घिमिरे, द्धितीय उपाध्यक्षमा राजु निरौला, सचिवमा दिवस खतिवडा ,सहसचिवमा लवराज खडका ,कोषाध्यक्षमा पूजा दाहाल र सहकोषाध्यक्षमा प्रविन सापकोटार सर्वसम्मत चयन भएका छन । समिति १३ सदस्यीय रहेको छ ।
अधिवेशन उदघाटनमा शाखा अध्यक्ष दिपक खडकाको अध्यक्षता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । पहिलो पाइला नेपालका केन्द्रिय सचिव मदन ओलीको विशेष आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका ट्रेजरर लायन लिडर बबरजंग थापा, संस्थाका सल्लाहकार तथा वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खडका, जिवन चक्र समाजका अध्यक्ष गणेश गौतम लगायतको आतिथ्यता रहेको कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रममा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको शाखा अध्यक्ष खडकाले बताए । सम्मानित हुनेहरुमा बिमल शर्मा, विवेक बजगाइँ, ध्रुव सुवेदी, युवराज भट्टराई लगायत रहेका छन ।

