दमक/  दमक ६ स्थित वडा कार्यालय परिसरमा सोमबार राती चोरी भएको छ । त्यहाँस्थित शनि मन्दिरमा राखिएको दानपेटीका र नजिकै राखिएका दुई वटा पानी तान्ने बिद्युतीय मोटरसहित विभिन्न सामान चोरी भएको स्थानीय व्यवसायी माधब ढकालले जानकारी दिए । यसअघि पनि सो मन्दिरमा दानपेटिकामा रहेको नगद चोरी भएको थियो ।

दानपेटिकामा के कति रकम थियो ? भन्ने विस्तृत थाहा हुन सकेको छैन यद्यपी सो ठाउँबाट ५०/६० हजार मुल्य बराबरको धनमाल चोरिएको अनुमान गरिएको छ । तीन दिन अघि दमक १० मा पनि श्रृखंलाबद्ध चोरीका घटना भएको समाचार बाहिर आएको थियो । वडा कार्यालयकै अगाडी ब्यस्त बजारमा रहेको मन्दिर भित्रै ताला लगाएर राखिएको दानपेटिका समेत पटक पटक चोरी हुँदा सर्वसाधारण त्रसित मात्रै नभएर आश्चर्यमा परेका छन । यस्ता घटना रोक्न प्रहरीको सुरक्षा गस्ती बढाइनु पर्ने सर्वसाधारणको माग छ ।

Facebook Comments Box