दमक/ मोरङको बुढिगंगा गाउँपालिका–१ गंगाचोकमा सामान बोकेको कन्टेनरमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्याान गएको छ ।
ना ३ ख २३९ नम्बरको कन्टेनर र स १० प २८८६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो । हिजो साँझ उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको कन्टेनरमा सोही दिशाबाट जाँदै गरेको मोटरसाईकल ठोक्किदा घाईते भएका मोटरसाईकल चालक मोरङ टंकिसिनवारीका २५ बर्षीय किशोर कुमार माझीको उपचारको क्रममा बिराटनगरको टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।