दमक/ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन दमकको नवनिर्वाचित कार्यसमितिलाई तत्कालिन समितिले पद हस्तान्तरण गरेको छ ।
एशोसिएशनका निवर्तमान अध्यक्ष उद्धव दाहालले आइतवार एशोसिएशनको कार्यालयमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तारा कुमार खडकालाई संस्थाको माइन्यूट प्रदान गरेर पद हस्तान्तरण गरे ।
एशोसिएसनको चैत ९ गते सम्पन्न १२ औ बार्षिक चुनावी साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पदाधिकारीतर्फ उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य पदमा भने सहमति नभएपछि निर्वाचन भएको थियो ।

तीन बर्षे कार्यकाल रहने सो निर्वाचित समितिको उपाध्यक्षमा शिवप्रसाद पौडेल,सचिवमा गगन शिवाकोटी, सहसचिवमा दिनेश घिमिरे, कोषाध्यक्षमा शान्तिराम कार्की र सहकोषाध्यक्षमा पवन राजवंशी चुनिएका छन् । यस्तै सदस्यहरुमा अम्बिका प्रसाद मिश्र, कृष्णप्रसाद राजवंशी, गोविन्द प्रसाद बोहोरा, शंकर बहादुर भुजेल, पर्शुराम ढुंगाना, डम्बर प्रसाद रिजाल र छबिरमण तिम्सीना चुनिएका छन् ।
कार्यक्रममा नवनिर्वाचित समितिलाई निर्वाचन संयोजक राजनबहादुर ढुंगानाले सपथ ग्रहण गराएका थिए । भने निर्वाचन समिति सदस्य श्याम आचार्य र एशोसिएशनका तत्कालिन सचिव ज्ञानेन्द्र तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
सो अवसरमा तत्कालिन अध्यक्ष उद्धव दाहालले निर्वाचन संयोजक ढुंगाना, सदस्य श्याम आचार्यसहितको समितिलाई मायाको चिनो प्रदान गरेको थियो । एशोसिएसनका केन्द्रीय सदस्य रन्जना गौतम, जिल्ला अध्यक्ष सुशिल निरौला, प्रदेश सदस्य बाबुराम अधिकारी,गणपति साकोसका अध्यक्ष गौरसिंह राजवंशी,एशोसिएसन दमकका निर्वतमान पदाधिकारी,सदस्य, लेखापढी व्यवसायीहरु उपस्थित थिए । एशोसिएसन दमकमा १९७ जना लेखापढी कानुन व्यवसायीहरु आवद्ध रहेका जनाइएको छ ।
