दमक/ नेकपा माओबादी केन्द्र सम्बद्व अनेमसंघ (क्रान्तिकारी ) दोस्रो दमक नगर भेलाले संगिता सेरेङ (इक्सा)को अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।

संगठनकी केन्द्रिय उपाध्यक्ष रेणु चन्दको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भेलाबाट इक्साको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो ।
नगर कमिटीको उपाध्यक्षत्रयमा बन्दना नेम्वाङ सुब्बा, रमिला मिश्र र कल्पना तामाङ चयन भएका छन । त्यसैगरी सचिवमा समुद्र लामा, सहसचिवमा छमिला तामाङ र कोषाध्यक्षमा हेमन्तीदेवि गजुरेल चयन भएका सो पार्टीले जनाएको छ ।
