दमक/ अघिल्लो स्थानीय निर्वाचनको परिणाम अनुसार दमकमा उपविजेता बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचनका लागि स्थानीय तयारी थालेको छ ।


नगरस्तरीय कार्यकर्ताहरुको बृहत भेला सके लगत्तै राप्रपाको नगरस्तरीय बैठकले पार्टीका नगर समिति अध्यक्ष हेम सुवेदीको संयोजकत्वमा १००१ सदस्यीय चुनाव प्रचार समिति पनि गठन गरेको छ ।
राप्रपाले आफनो शक्ति प्रदर्शनका लागि आगामी २६ चैतमा दमकमा नै प्रदेशस्तरीय आमसभा गर्ने पनि निर्णय गरेको जनाइएको छ । त्यो आमसभालाई केन्द्रीय अध्यक्ष, महामन्त्रीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । राप्रपाले आफनो शक्ति प्रदर्शनका लागि आगामी २६ चैतमा दमकमा नै प्रदेशस्तरीय आमसभा गर्ने पनि निर्णय गरेको जनाइएको छ । त्यो आमसभालाई केन्द्रीय अध्यक्ष, महामन्त्रीसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
आजैको बैठकले ७ सदस्यीय सचिवालय समिति, १५ सदस्यीय आर्थिक समिति, युवा परिचालन समिति,महिला समिति, झण्डा,चुनाव चिन्ह, हातेपर्चा–पम्पलेट तयारी तथा व्यवस्थापन समिति गठन गरि समन्वयकर्ता समेत चयन गर्दै जिम्मेवारी वाँडफाँड गरेको छ । सो पार्टीले सम्पुर्ण शक्ति परिचालन गर्दै चैत्र १५ गते पछि नगर भरि चुनाव लक्षित कार्यक्रम अघि बढाउने पनि निर्णय लिएको जनाइएको छ ।

सो पार्टीको केन्द्रदेखि जिल्ला तह सम्म फुट आएर कमल थापा नेतृत्वको राप्रपा नेपाल अघि बढिरहँदा दमकमा भने राजेन्द्र लिङदेन नेतृत्वको राप्रपालेनै पार्टीको चुनावी तयारी थालेपछि एमाले र कांग्रेसका लागि टाउको दुखाईको बिषय भएको तर्क गर्नेहरुको कमि छैन राप्रपामा ।
राप्रपा झापा क्षेत्र नं ५ अन्तर्गतको प्रदेश क्षेत्र खका सचिव तथा युवा दस्ता परिचालन समिति संयोजक नेत्र चौंलागाइँ भन्छन– दमकका राम थापा कमल थापातिर जालान कि भन्ने पूर्व अनुमान कांग्रेस एमालेले लगाएका थिए तर उहाँँ ( राम थापा) आफैं लिङदेन नेतृत्वकै राप्रपामा रहेर चुनावी तयारीमा होमिएपछि कांग्रेस–एमालेलाई टाउको दुखाई भएको छ , उनीहरुका लागि चुनौती थपिएको छ ।

तालमेल कोसंग कति सम्भावना ?

अघिल्लो स्थानीय निर्वाचनमा अहिले अस्तित्वमा रहेका सबै दल अलग अलग चुनाव लडेका थिए दमकमा । कांग्रेस र माओवादीलाई समेत पछि पार्दै दमक नगर प्रमुख पदमा राप्रपाका राम थापा करिब साढे ७ सय मतले एमालेका रोमनाथ ओलीसंग पराजित हुन पुगेका थिए । यसलाई राप्रपाले प्राविधिक हार मात्रै भनेको थियो ।
अहिले थापाको उम्मेदवारीको बिषय राप्रपाका स्थानीय नेताहरुले भने झै साँच्चीकै कांग्रेस – एमालेका लागि टाउको दुखाईकै बिषय भए जस्तो देखिन्छ । यसमा राप्रपा भित्र एउटा घमण्ड पनि छ कि राप्रपा नगर प्रमुखकै लागि दमकमा योग्य र क्षमतावान पार्टी हो भन्ने ।
दमकमा अघिल्लो पटक राप्रपाका थापाले पाएको मत आगामी निर्वाचनमा दोहोरिएला या नदोहोरिएला ? त्यो त आगामी निर्वाचन परिणाम नआएसम्म यसै भन्न सकिन्न । तर दमकमा कांग्रेस–एमाले दुवैका लागि उत्तिकै खरो प्रतिस्पर्धी चाहिं राप्रपानै हो भन्न गाह्रो छैन । राप्रपा नेता चौंलागाइँ भन्छन– हामीमा एउटा घमण्ड पनि छ कि हामी यहाँको बलियो शक्ति हौं हाम्रो न्यूनतम बटमलाइन मेयर पदनै हो । औपचारिक रुपमा कांग्रेस–एमाले दुवैसंग संवाद शुरु नभएको बताउँदै कसैसंग कुनै सहमति भइनसकेको स्पष्ट पारे ।
दमकमा एकाथरीले राप्रपा–कांग्रेससहितको स्थानीय गठबन्धनको सम्भावना औंल्याइरहेका छन भने अर्काथरीले स्थानीय सरकारमा समेत साझेदारी गरिरहेका राप्रपा र एमालेबीचको पनि गठबन्धनको सम्भावना औंल्याइरहेका छन । कांग्रेस भित्र राप्रपासंग सहकार्य गर्न नहुने बरु एमालेसंग सहकार्य गरेर केही सिट सुरक्षित राख्दै राप्रपालाई साइजमा ल्याउनुपर्छ भन्ने तर्क राख्नेहरु पनि केही मात्रामा छन । तर त्यो संख्या राप्रपासहितको गठबन्धन गरेर जाऔं भन्नेहरुको भन्दा निक्कै कम मात्रामा छ । एमाले राप्रपासंग आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्म सहकार्य हुने गरी मात्रै स्थानीय निर्वाचनमा तालमेल गर्ने पक्षमा रहेको पनि राजनीतिक वृत्तमा चर्चा छ । त्यसो गरे पार्टी अध्यक्ष ओलीको क्षेत्र झापा ५ मा ओली आगामी निर्वाचनमा पनि सुरक्षित हुन्छन भन्नेहरुको पनि कमि छैन ।

 

Facebook Comments Box