। दमक / “घर घर जाऔं नेपाली कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज सुक्रबार नेपाली कांग्रेस दमक नगरपालिका वडा नं १० को बृहत वडा भेला वडा सम्पन्न भएको छ ।१० नम्बर वडा कार्यसमितिका सभापति घनश्याम खनालको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि आईन्द्र विक्रम केरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको वडा सचिव रबिन कटवालले जानकारी दिए । नेपाली काङ्ग्रेस पार्टीको देश ब्यापी कार्यक्रम अन्तर्गत १० नम्बर वडा काङ्ग्रेसले पनि भव्यताका साथ कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ ।

Facebook Comments Box