उदयपुर/ उदयपुरको त्रियुगा खोलामा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका गौर बहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन । हिजो साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुवीरहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।