दमक/ जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक-८ ले जेष्ठ बुबा आमा हरुको लागि एक दिबसिय अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । झापाका धार्मिक तथा पर्यटकिय स्थलहरु पाउ पाथिभारा, अर्जुनधारा, सालबारी, सहिद पार्क आदिको दर्शन तथा अवलोकन गरेको हो ।
अवलोकन को क्रममा सालवारी सहिद पार्कमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
प्रतिष्ठानका वडा समिति अध्यक्ष ओम प्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रतिष्ठानकाा केन्द्रीय उपाध्यक्ष डोयना दहाल, केन्द्रिय सदस्यहरु शुशिला गौतम, सुरेश पौडेल, वेद प्रसाद सुबेदी को उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका वडा सचिव तारानाथ भट्टराईले सञ्चालन गर्नु भएको थियो ।