दमक/ झापाको दमकबाट चार जना स्काउटर बंगलादेशमा हुने तेस्रो राष्ट्रिय विपत व्यवस्थापन सम्बन्धीको तालिममा भाग लिन त्यसतर्फ गएका छन । हिमालय रोबर रेन्जर क्रिउका क्याप्टेन किरण बुढाथोकीको नेतृत्वमा चार सदस्यीय टोली बुधबार त्यसतर्फ गएको हो ।

दमक नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाले संक्षिप्त कार्यक्रम गरी उनीहरुलाई बिदाईसंगै शुभकामना व्यक्त गरेको छ । सो अवसरमा शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेश न्यौपानेसहितको समुहले उनीहरुलाई उपहारसहित तालिममा सफलताको लागि शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा स्काउट अभियानमा निरन्तर सक्रिय सकुन्तला लामा, नेपाल स्काउटका एक नम्बर प्रदेश सदस्य राम पौडेल, हिमालय माविका प्राचार्य ओम आचार्य, निर्माण व्यवसायी सुमन काफ्ले लगायतले उनीहरुलाई शुभकामना दिएका थिए । सो टोलीमा हिमालय रोबर रेन्जर क्रिउका प्रदिप खडका, तनिस्क थापा र डेलिना लोहार रहेका छन ।    आगामी एक हप्ता सम्म बंगलादेशको किशोरगञ्जमा हुने सो तालिममा सार्क राष्ट्र र अन्य मुलुकहरुबाट समेत स्काउटरहरु सहभागी हुनेछन । तालिम बंगलादेश स्काउटले आयोजना गरेको हो । सार्क राष्ट्रभित्र पर्ने मुलुकमा क्रियाशील स्काउटले बर्षेनी आलोपालो यस किसिमका तालिम आयोजना गर्ने गरेको जनाइएको छ ।

Facebook Comments Box