धनकुटा/ धनकुटाको सागुरीगडी गाँउपालिका-६ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगुरीगडी गाउँपालिका-७ की १९ बर्षीया श्रेया राई रहेकी छिन् । हिजो बेलुका ९ बजे भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो अनियन्त्रीत भई सडकमा पल्टि दुर्घटना हुदा घाईते राईको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । सुमो र चालक घनकुटा नगरपालिका-२ का ४१ बर्षीय सत्यलाल राईलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणामा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।