प्रचण्डलाई बैद्यदेखि विजुक्छे सम्मका नेताको चिन्ता

Author Nishkarsha News
२०७६ असार २०, शुक्रबार १४:२६

काठमाडौं/ माओवादी आन्दोलनबाट आएकाहरू धमाधम पार्टी प्रवेश गरिरहँदा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अचानक आफ्ना राजनीतिक गुरु मोहन वैद्य, अर्धभूमिगत नेता मोहनविक्रम सिंह, सदावहार प्रतिपक्षी नारायणमान विजुक्छे रोहितको सम्झना भएको छ ।

समाजवादी आन्दोलन र डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी समाजवादी पार्टी परित्याग गरी नेकपामा मिसिन आइपुगेका देवेन्द्र पराजुली, कल्पना धमलासहितका नेतालाई नेकपामा स्वागत गर्दै प्रचण्डले भने, “मेरो राजनीतिक गुरु पनि हुनुहुन्छ मोहन वैद्य । उहाँलाई के दिएर कसरी सम्झाउन सकिन्छ ? चित्रबहादुर केसी, मोहनविक्रम सिंहलाई कसरी सम्झाउन सकिएला ?”  

त्यस्तै उनले डा. बाबुराम भट्टराईको समाजवादी आन्दोलनले पनि सकारात्मक परिणाम नदिएको भन्दै नेकपामै प्रवेश गर्न आग्रह गरे । डा. बाबुरामको पीएचडीको ज्ञान पनि कम्युनिस्ट पार्टीलाई नै काम लाग्ने प्रचण्डको टिप्पणी थियो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्