दमक/नेकपा माओवादी केन्द्रले कमल गाउँपालिकाको ३ नम्बर वडामा महिलाको संगठन निर्माण गरेको छ । आइतबार सो वडामा आयोजित भेलाले अनेमसंघ (क्रान्तीकारी)को वडा कमिटी गठन गरेको हो ।
गठित कमिटीको अध्यक्षमा बिष्णु ईङवासङ(रुपा), उपाध्यक्षमा रोजी महर्जन, सचिवमा पुनम दर्नाल, सहसचिबमा रिना शेर्पा (एन्जिला) र कोषाध्यक्षमा तुलसा मगर रहेका छन ।
३५ सदस्यीय सो कमिटी गठन तथा माओवादीका नवप्रवेशीहरुलाई स्वागत कार्यक्रममा नेकपा एमाले परित्याग गरि संगठित सदस्य रणेन्द्र कुमार जबेगुसहित एलिसा रेग्मी, चन्द्रा अधिकारी,तुलसा मगर, दमन्ता पुर्कुटी,दिल बहादुर लोवा र सुमित्रा श्रेष्ठ माओवादीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।
