कमल/ झापाको कमल गाउँपालिका ७ लालधन्द्रास्थित भित्रि सडकमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह ४ का अन्दाजी २३ बर्षिय पाण्डव चम्लागाइँ रहेका ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका चम्लागाइँको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।

तीन जना सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर आइतबार करिब दश बजे दुर्घटनामा परेको प्रारम्भिक जानकारी ट्राफिक प्रहरीले पाएको थियो । मोटरसाइकलमा रहेका अन्य दुई जना समेत भएकाले चालकको यकिन पहिचान र दुर्घटनाको बिषयमा थप सुक्ष्म अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box