दमक/  बिर्तामोडमा एक जनाले कुटेर पत्नीको हत्या गरेका छन । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार विर्तामोड नगरपालिका–५ का ४० बर्षीय कमल राउतले आफनै श्रीमती ३९ बर्षिय खेमजुङ गुरुङको हत्या गरेका हुन । बुधवार राती राउतले घरायसी बिवाद हुँदा श्रीमतीमाथि कुटपिट गरेका थिए । कुटाईबाट घाईते भएकी खेमजुङको बिराटनगरस्थित नोवेल अस्पता लगिएको थियो । सो अस्पतालमा समेत उपचार हुन नसक्ने चिकित्सकहरुले बताएपछि आफन्तले बिर्तामोडमै रहेको माईती घरमा ल्याएका थिए । उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Facebook Comments Box