दमक/ मानव वेचविखन तथा ओसारपसार मुद्धापछि फरार रहेका झापाको कमलका एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ । २०७४ साल असार २८ गतेको झापा जिल्ला अदालतको फैसला अनुसार ७ बर्ष भन्दा बढी कैद सजाय, जरिवाना र क्षतिपूर्ति समेतका लागि उनीहरुलाई बुधबार झापा जिल्ला कारागार चलान गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाले जनाए अनुसार कमल ४ (साविक तोपगाछी ६ ) की ४४ बर्षिया सिता केरुङ सम्बाहाम्फे, सोही ठाउँका ५० बर्षिय इन्द्र सम्बाहाम्फे र ४३ बर्षिय हंसराज केरुङ एकैसाथ जेल चलान भएका हुन । उनीहरुलाई जनही साढे ७ बर्ष कैद सजाय सुनाइएको छ भने पीडितलाई जनही एक लाख जरिवाना र ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिनुपर्ने अदालतको आदेश छ ।
