दमक/स्थानीय चुनाव आउन दुई महिना समय बाँँकी छदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उम्मेदवार छनोटका लागि जिम्मेवारी तोकेको छ ।
आज मङ्गलवार बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोटको जिम्मेवारी र मापदण्ड तोकेको हो ।

पार्टीको जिल्ला कमिटीले वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार छनोट गर्नेछ भने जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारको नाम टुङ्गो लगाउनेछ । महानगरपालिका र उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार भने पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी ३० बैशाखमा स्थानीय चुनाव गराउने घोषणा गरिसकेको छ । निर्वाचन आयोगले समेत निर्वाचनको तयारी शुरु गरेको छ । निर्वाचन प्रयोजनार्थ म्यादी प्रहरीको समेत भर्ना खुलाइसकिएको छ ।

Facebook Comments Box