दमक/ रोटरी क्लव अफ दमकले आइतवार पूर्वी मोरङको मिक्लाजुङमा एक दिने आँखा शिविर सञ्चालन गरेको छ । मिक्लाजुङ ७ मधुमल्ला स्थित मनोहर जनता माध्यमिक विद्यालयमा भएको शिविरमा विद्यार्थी,अभिभावकसहित ४५५ जना स्थानीयको आँखा परीक्षण गरिएको सचिव झलक राजु गौतमले जानकारी दिए । शिविरमा औषधी,चश्मा वितरण गर्नुका साथै आँखाको शल्यक्रियाका लागि समेत निशुल्क व्यवस्था गरिएको उनले बताए । शिविर दमकको कन्चनजंघा बहुउद्देश्यीय सहकारी संस्था सहआयोजक तथा विर्ताज्योति आँखा अस्पताल दमकको प्राविधिक सहयोग रहेको थियो । गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटनमा उपाध्यक्ष सरला राई, वडा न-७ का वडाध्यक्ष शुसील चौहान,रोटरीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । रोटरीका अध्यक्ष भरत चम्लागाईको अध्यक्षतामा भएको शिविर उद्घाटनमा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि गंगाप्रसाद काफ्लेले मन्तव्य राखेका थिए ।

Facebook Comments Box