दमक/ नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघको गौरादह नगर कमिटी गठन भएको छ । शुक्रबार बैगुनधुरामा आयोजित भेलाले सन्तोष भण्डारीको अध्यक्षतामा महासंघको नगर कमिटी गठन गरेको हो ।
३५ सदस्यीय सो कमिटीको उपाध्यक्षद्धयमा अरुणा भण्डारी र गोपाल बराल , सचिवमा रुपेन्द्र अधिकारी , सहसचिवमा केदार खड्का, सहसचिवमा दीपक गजमेर र कोषाध्यक्षमा गोपाल सिटौला रहेका जनाइएको छ ।

महासंघका नवनिर्वाचित प्रदेश कमिटी अध्यक्ष राजकुमार थापा, जिल्ला अध्यक्ष भवानी बराल, एमालेका स्थानीय नेता प्रकाशचन्द्र खरेल लगायत स्थानीय नेतृत्वको उपस्थितीमा सो कमिटी गठन गरिएको जनाइएको छ । महासंघको प्रदेश कमिटी अध्यक्षमा थापाले नेतृत्व सम्हालेपछि गाउँ गाउँमा संगठन विस्तारको क्रम शुरु भएको बताएका छन ।

Facebook Comments Box